दाँत किन दुख्छ र एस्को घरेलु उपचार । teeth pain and cure.

दाँत किन दुख्छ र एस्को घरेलु उपचार।

दाँत दुखाई त्यस्तो पीडा हो जसले व्यक्तिलाई रुवाउन सक्दछ। दात दुखाइ येस्तो दुखाई हो जुन टाउको, बाङगारा र कान जताततै दुख्छ। आजभोलि यो समस्या सामान्य समस्या भएको छ किनकि मानिसहरूले दाँतको खासै ख्याल गर्दैनन् जसको कारणले प्रायाजसो मानिसहरुमा यो समस्या छ। दाँतको राम्रो ख्याल राखेर सफा गर्दागर्दै पनि हाम्रो दातमा समस्या आउँछ, किनकि तरिका जानीजानी पनि हामीले गल्ती गरिरहेका हुन्छौं। मुख्य रूपमा दात दुख्नुको कारण भनेको हाम्रो दातमा फोहोर जम्मा हुन्छ र सड्न थाल्छ जसको कारणले दातमा एसिड सिर्जना गर्दछ, जब दातको फोहोर सडन थाल्छ तब उक्त फोहोर र एसिडले चिनीको मत्रा पनि उत्पादन गर्छ। जब एसिड र चिनी को मिक्स सुरु हुन्छ तेसले बिस्तारै दातको बाहिरी तह लाई खियाउने कार्य गर्दछ। बिस्तार बिस्तार यो प्रक्रिया दाँतको जरासम्म पुग्छ, जब दाँतको जरामा असर पर्न थाल्छ तब दातको दुखाइ सुरु हुन्छ।

दाँत दुख्ने प्रक्रिया पनि धेरै थरीका छन,केहि मानिसहरुमा दाँत चोट लगे जस्तै कहिलेकाही अचानक पीडा महसुस हुने अनि हराउने हुन्छ भने केहि मानिसहरुमा लगातार पीडा महसुस भइरहन्छ। कहिलेकाही अधिक चिसो वा तातो चीज खादा वा पिउदा पनि दातमा पीडा सुरु हुन्छ। दात झर्दा र फुट्दा वा नयाँ दाँत निस्कदा पनि दुख्ने समस्या हुन्छ। आज तपाइँलाई दाँतको राम्रो ख्याल कसरी राख्ने र दुखाइ छ भने कसरी घरेलु उपचार गर्न सकिन्छ भनेर बताउनेछौं।

दाँत दुखाइका प्रकार।

हामीले माथि भनेजस्तै दाँतको दुखाइ धेरै प्रकारका हुन सक्छ, त्यसैले यदि तपाईंलाई दाँतको दुखाइ छ भने डेन्टीस लाई  देखाउनुहोस् र तदनुसार उपचार गर्नुहोस्।

  • दाँतमा लामो समय देखिको पीडा - यदि कुनै दाँतमा लामो समयसम्म दुखाई छ भने, यो दाँतको तल्लो शिरा(दातको जरा) मा हानीको कारणले हुन सक्छ ।दाँत जोरले किट्नु, लामो समय देखि दातमा फोहोर जम्नु जस्ता समस्याहरूको कारण, दाँतको नसा (दातको जरा) बिग्रन्छ र दुखाइ सुरु हुन्छ।
  • लामो समयसम्म तर समय समयमा मात्रा दात दुख्नु - यदि लामो समयसम्म तर समय समयमा मात्रा दात दुख्छ भने यो दाँतमा भएको संक्रमण वा दात को फेदीमा भयको सुजन्को कारणले हो।
  • खाना खाने वा चबाउने समयमा दुखाइ- यदि खाना खाने बेला वा चबाउदा दाँत दुख्छ भने त्यो दातमा जमेको फोहोर वा फ्र्याक्चर (क्र्याक) को कारणले हुनसक्छ ।
  • पछाडीको बङगारामा दुखाइ - यो दुखाइ तब हुन्छ जब बुद्धि बङगारा आउँछ वा दाँत यक आपस घोतिनु को कारणले हुन सक्छ, र यो पीडा अनुहारको हड्डीमा विस्तार हुन सक्छ।  

     

    दाँत दुख्ने लक्षण।

    यदि तपाईलाई दाँत दुख्ने समस्या छ भने तपाईलाई राम्रोसँग थाहा हुन्छ किनकि यदि अरु कुनै दुखाइ छ भने तपाईले केही समय खप्न सक्नुहुन्छ, तर तपाईलाई दाँत दुखाई छ भने केही समय पनि खप्न सकिदैन।

    यस बाहेक केहि अन्य संकेत र लक्षणहरूलाई अधिक हेरचाह आवश्यक पर्दछ, जस्तै -

    • यदि तपाईं केही चबाउनु हुन्छ भने दात दुख्छ।
    • यदि तपाइँ चिसो वा तातो केही खानुहुन्छ भने दात दुख्न थाल्छ।
    • दाँत वा वरपरको भाग कमलो हुन्छ र गिजा चिलायको अनुभव हुन्छ।
    • जब दाँतको दुखाइ बडदै जान्छ तब अत्यधिक तापक्रमको ज्वरो आउँछ।

    दाँत दुखाइका कारणहरू।

    दाँत दुख्ने धेरै कारणहरू हुन सक्छन् तर सबैभन्दा दातमा समस्या भने गलत खाना खाने वा दाँतको हेरचाह नगर्ना ले निम्त्याउछ।

    • दाँत राम्रोसँग सफा नगर्नु - यदि दाँत राम्रोसँग सफा भएन भने दाँत भित्र प्वाल (cavities) हुन्छ र दाँत दुख्न थाल्छ।
    • दाँतको माथिल्लो तह कमजोर हुनु - लामो समय सम्म ब्रश गर्दा वा जोरले ब्रश गर्दा दातको माथिल्लो पत्र घोट्न थाल्छ, जब माथिल्लो पत्र सकेर भित्री भाग देखिन थाल्छ तब दातमा दुखाइ सुरु हुन्छ। उमेर बददै जादा पनि दाँतको भित्री भाग देखा पर्न थाल्छ र दाँतहरू कमजोर हुन्छन् र दाँतमा दुखाइ हुन्छ।
    • गिजामा समस्या - गिजामा धेरै रोगहरू  देखा पर्दछन्, जस्तै: हल्का दुखाइ, रातोपन, रक्तस्राव आदि धेरै बिरामी हुन्छन्, जसले दाँतमा ठूलो प्रभाव पार्दछ, जस्को कारण दाँतको जरामा घाउहरु देखा पर्दछ र दाँत धेरै कमजोर हुन्छ, जसको कारणले दाँत दुख्न थाल्छ।
    • दाँत फ्र्याक्चर हुनु - केही चिजले जोरसँग लाग्दा वा केही सारो बस्तु चपाउदा दाँतमा फ्रैक्चर हुन्छ, जसको कारण दाँतमा निरन्तर दुखाइ हुन्छ। फ्रैक्चर हुँदा दाँतको बीचमा रहेको नसहरू सम्म चोट पुगेको हुन्छ जस्ले गर्दा दात दुख्छ।
    • दाँत सेतो पार्नु - यदि दाँत पहेलो छ र तिनीहरूलाई सेतो बनाउन पोलिश गर्नुहुन्छ भने येस्ले दात लाई सेतो त बनाउँदछ तर दाँत पनि कमजोर हुन्छ यस कारणले दाँतमा दुखाइ शुरू हुन्छ।
    • गिजामा फोका उठनु  - यदि कुनै संक्रमणको कारण गिजामा फोका देखा पर्दछ भने, दाँतमा धेरै दुखाइ हुन्छ।

    दाँत दुख्न रोकथामका उपाय

    यदि तपाईंले दाँतको राम्रो हेरचाह गर्नुभयो भने दाँतमा चाँडै कुनै समस्या आउदैन तर यदि दातको राम्रो हेरचाह गरेन भने दाँत लामो समय सम्म रहँदैन। तल केही तरिकाहरु छन जस्को सहयोगले राम्रोसँग दात को हेरचाह गर्न सक्नु हुन्छ।

    • खाना खाएपछि दाँत सफा गर्नुहोस् - खाना खाए पछि राम्ररी दात सफा गरिएमा दाँतमा फोहोर जम्ने सम्भावना धेरै कम हुन्छ। यदि दातमा फोहोर बस्यो भनी दातमा इन्फेक्सन हुन्छ जस्ले दात दुख्न थाल्छ।
    • समय समयमा दातको जाँच गर्नुहोस् - यदि तपाइँ दन्त चिकित्सक द्वारा समय समयमा दन्त जाँच गराउनु हुन्छ भने दन्त रोग पत्ता लाग्छ र यदि कुनै रोग छैन भने पनि एक बर्षमा कम्तिमा दुई पटक चेक गर्नु उत्तम हुन्छ। केही समस्या न भयपनी हरेक ३-५ सालमा दातको एक्स-रे गर्नुपर्छ।
    • धुम्रपान र मदिराबाट टाढा रहनुहोला - धुम्रपान र मदिराले धेरै दाँत बिगार्छ, किनभने धुवाँले दाँतको अवस्थालाई बिगार्छ र मदिराले (अल्कोहल) दाँत खराब गर्छ।
    • सन्तुलित आहार लिनुहोस् - यदि तपाईं सन्तुलित आहार खान्नुहुन्छ भने तपाईंले त्यस्तो खाना खानु पर्छ जुन तपाईंको दाँतमा नटासियोस र राम्रोसँग दात सफा होस।

    दाँत दुख्दा गरिने उपचार

    यदि तपाईंको दाँत दुख्यो र दन्त उपचार चाँडै प्राप्त गर्न सक्ने अवस्था छैन भने तपाईंले घरैमा पनि उपचार गर्न सक्नुहुनेछ।

    • यदि तपाइँको दाँतमा धेरै दुखाइ छ भने मन्तातो पानीमा र नुन मिसायर कुल्ला गर्दा पनि धेरै राहत मिल्छ।
    • दातको बीचमा केहि अडीरहेको छ भने पनि दात दुख्छ। यदि केहि अडिएको छ भने तेस्लाइ धागो को साहायताले राम्रोसँग  सफा गर्नुपर्छ।
    • सहन नसकिने पीडा छ भने कुनै पेनकिलर लिन सक्नुहुन्छ जसले केही समयको लागि दुख रोक्न सक्छ।
    • यदि धेरै दाँत दुखाई छ भने कपासको सहायताले ल्वाङको तेल लगाउनुहोस यसले पीडामा धेरै राहत दिनेछ।

    दाँत दुखाइ बाट कसरी जोगिने?

    • यदि दाँतमा दुखाई छ र उपचार भइरहेको छ भने गुलियो खाना  खानुहुदैन येदि खाइ हालेपनि जुन दातमा दुखाइ छ तेस्मा लगाउन हुँदैन।
    • यदि पेन किलर प्रयोग गर्नुहुन्छ भने सिधा गिजामा नलगाउनुहोस  किनकि औषधीमा रहेको रासायनिक पदार्थले गिजाहरू जलाउन सक्छ।
    • दात दुखेको बेला तालो बस्तुले सेक्दा राहत मिल्छ तर पनि धेरै तातो चीजलाई दातको नजिक जान नदिनुहोस्।
    • डाक्टरले दियको औसधि मात्र लिनु पर्छ।

    दाँत दुखेको बेला के खाने? 

    यदि दाँतमा दुखि रहेको छ भने खान त कुरै छोडनु सोच्न पनि मन लग्दैन। तर जबर्जस्ति भयनी खाना खानु पर्छ ताकि शरीरमा दु: ख सहने सक्ने ताकत होस।

    • उमालेको आलु - उमालेको आलु दाँत दुख्ने बिरामीको लागि उत्तम चीज हो किनकि यसलाई यति धेरै चबाउन पर्दैन र दोस्रो  दाँतमा टासिदैन।
    • दही खानुहोस - दही उत्तम खाना हो र यदि तपाईं केहि चबाउन सक्नुहुन्न भने, दही बिल्कुल सही कुरा हो, यसलाई चबाउन आवश्यक पर्दैन।
    • सूप पिउनुहोस् - यदि तपाईं सूप पिउन मनपराउनु हुन्छ भने, धेरै मात्रामा सूप पिउनुहोस् ताकि केहि पनि चबाउन नपरोस र येस्ले धेरै ताकत दिन्छ।
    • पनीर खानु - यदि तपाईको दाँत दुखाई छ र तपाई भोका लागेको छ भने तपाई पनिर खान सक्नुहुन्छ।

    दाँत दुख्दा तत्काल राहतको लागि केही घरेलु उपचार।

    यदि तपाईंलाई दुखाइ छ र तपाईं डेन्टिसकोमा जान सम्भाव छैन वा जान चहानु हुन्न भने तपाईले घरेलु उपचार लिनु सक्नुहुन्छ  जुन दाँत दुखाईमा अत्यन्तै उपयोगी छ जस्तै:

    • यदि दात दुखाइ छ भने ल्वाङ मुखमा राख्नुहोस र गम्भीर दुखाइको बेला ल्वाङको तेल दुखेको दाँतमा प्रयोग गर्नुहोस्।
    • यदि दातमा अत्याधिक दुखाइ छ भने एउटा चम्चामा एक चौथाई नुन र एक चुट्कि(pinch) कालो खुर्सानी को धुलो मिसायर पीडादायी भागमा लगाउनुहोस् तपाईंले तत्काल आराम पाउनुहुनेछ।
    • यदि तपाइँको दाँतमा अधिक दुखाइ छ भने लसुनको पोटि लाई केहिबेर नुनमा डुबाएर चबाउनुहोस केही समयमा तपाईको दाँतले आराम पाउनेछ।
    • यदि तपाईको दाँत भित्र दुखाई छ भने दुख्ने भागमा  तातोपानीमा टि ब्याग डुबायेर  दुखाइको भागमा सेक्न सक्नुहुन्छ  जस्ले दुखाइ कम गर्दछ।

    यो पोस्टमा हजुरहरुले दात किन दुख्छ? यस्लाइ रोक्न के गर्नुपर्छ र दातको हेरचाह कसरी गर्ने सम्पुर्ण जान्कारी र घरेलु उपचार बिधि थाहा पाउनु भयो। यो पोस्ट तपाईंलाई कस्तो लाग्यो सल्लाह,सुझाव दिन नभुल्नु होला।


    एक टिप्पणी भेजें

    0 टिप्पणियाँ