किन कलेजो खराब हुन्छ? liver damage

कलेजो के कारणले खराब हुन्छ? र यस्लाइ कसरी रोक्न सकिन्छ?

कलेजो हाम्रो शरीरको एक महत्त्वपूर्ण अङग हो र यदि कलेजोले राम्रोसँग काम गरेन भने शरीरमा धेरै रोगहरु लाग्न सक्छ।कलेजोले तपाईले खाने र पिउने सबै कुराको प्रशोधन गर्दछ।  तपाईंको कलेजोले खाना र पेय पदार्थलाई तपाईंको शरीरको प्रयोगको लागि उर्जा र पौष्टिक तत्त्वहरूमा रूपान्तरण गर्दछ। कलेजोले हाम्रो शरीरमा ८०% रोगहरूबाट बचाउँछ, किनभने कलेजोले रगतमा भएको हानिकारक पदार्थहरूलाई  फिल्टर गर्दछ, त्यसैले कलेजो स्वस्थ राख्न जरुरी हुन्छ। यसलाई स्वास्थ राख्नु धेरै महत्त्वपूर्ण छ, तर केही चिज हरु यस्ता छन जुन चिजको सेवनले कलेजोलाई बिगार्दछ।

यदि कलेजोको ठूलो भाग खराब भयोभनी उपचार सम्भव छैन र कलेजोले राम्रोसँग कार्य गर्न सक्दैन। त्यसैले यदि शरीर स्वस्थ राख्न चाहनुहुन्छ भने कलेजोलाई स्वस्थ राख्न जरुरी हुन्छ। आज हामी कसरी कलेजो स्वस्थ राख्ने र यदि तपाइँको कलेजोमा खराबि छ भने कसरी यस्को सुधार गर्ने थाहा पाउने छौ।

कलेजो कति प्रकारले फेल हुन्छ?

मानव कलेजो धेरै प्रकारले खराब हुन्छ, तर डाक्टरका अनुसार कलेजो दुई तरीकाले खराब हुन्छ।

तीव्र -

 यसमा कलेजो एकदम छिटो बिग्रन्छ र शरीरले भित्री रूपमा महसुस गर्न थाल्छ कि कलेजोमा केही समस्या छ। औषधीहरूको अधिक प्रयोग, नसालाग्ने पदर्थको र धेरै एसिटामिनोफेनको को सेवन ले कलेजो छिटो बिगृन्छ

क्रॉनिक

यसमा कलेजो बिस्तारै बिग्रन्छ, यो धेरै वर्ष लगातार मदिरा सेबन्को कारणले हुन्छ। मदिरा स्वास्थको लागि राम्रो होइन तर समय समयमा सधारण रूपमा पिउदा भने यस्ले खास्सै आसर गर्दैन। रेगुलर रूपमा धेरै लामो समयसम्म मद्यपानको कारणले कलेजोमा समस्या आउछ।

कलेजो बिग्रेको कसरी थाहा पाउने?

यदि कुनै व्यक्तिको कलेजो बिग्रँदै गइरहेको छ भने, यी लक्षणहरू ठीक समयमै पहिचान गर्न सक्नुहुनेछ र आफ्नो जीवन बचाउन सक्नुहुन्छ। यदि कलेजो बिग्रँदै गइरहेको छ भने निम्न केही लक्षणहरू देखा पर्दछन्।

  • यदि कलेजोमा केही समस्या छ भने सबभन्दा पहिले आँखा, छाला र नङको रंग पहेंलो हुन थाल्छ र पेशाबको रंग पनि पहेंलो हुन्छ।
  • यदि कलेजोमा संक्रमण सुरुहुन थाल्यो भने भूख पूर्ण रूपले कम हुन्छ र कुनै पनि काम गर्न जाङर लाग्दैन र शरीर पूरै थाकेको अनुभव हुन्छ।
  • यदि कलेजोमा समस्या छ भने तपाईंको पेटको तल्लो भागमा सूजन देखा पर्छ।
  • यदि कलेजोमा खराबी छ भने निद्रा कम लाग्छ तर शरीरले थकित महसुस गर्छ र आखाको देख्ने शक्तिमा कामी आउछ।
  • कलेजो खराब हुन थालेपछि कुनैपनी रोग एकदम चाँडो लाग्छ र सदै ज्वरो आइरहन्छ।
  • कलेजो खराब छ भने धेरै पखाला लाग्छ।

के कारण कलेजोमा खराबी आउछ?

कलेजो त्यसै खराब हुँदैन, गलत चीजको सेवनले कलेजोलाई सबैभन्दा बढी आसर पुर्याउनछ, किनभने हाम्रो शरीरमा कलेजोले सबैभन्दा बढी काम गर्दछ, खाना पचाउँने देखि लियर शरीर भित्रबाट आउने फोहोर बस्तुलाइ फिल्टर गरेर शरीरबाट बाहिर निकाल्ने र खनामा रहेको पौष्टिक तत्व लाई शरीरको विभिन्न भाग सम्म पुर्याउने कार्य गर्दछ।  तसर्थ, यदि तपाईंले केहि गलत चिज सेवन गर्नुहुन्छ भने कलेजोले गर्ने कार्य राम्रोसँग हुन पाउदैन। कलेजोमा खराबी आउने केहि कारण तल दिइएको छ।

  • भाइरल हेपेटाइटिसले कलेजोमा हानी गर्छ।
  • सिरोसिसले पनि कलेजोमा ठूलो प्रभाव पार्छ।
  • मादक पदार्थ अत्यधिक खपत र लगातार मदिरा सेवन गर्नाले  कलेजो सबैभन्दा बदी आसर पुर्याउछ।
  • यदि तपाइँ बडीबिल्दिङ गर्दै हुनुहुन्छ भने शरीर निर्माण गर्न धेरै सलिमन्टहरू खान्नुहुन्न यदि धेरै सेवन गरियो भने कलेजो रोग निम्त्याउँछन्।

कलेजो खराब हुनबाट कसरी रोक्न सकिन्छ।

बिना कलेजो  हाम्रो शरीरले काम गर्दैन र यो हाम्रो शरीरको दोस्रो सबैभन्दा महत्त्वपूर्ण अङग हो, त्यसैले यदि तपाईं आफ्नो कलेजो बिग्रनबाट जोगाउन चाहनुहुन्छ भने, तपाईंले आफ्नो खान पिनमा केही परिवर्तन गर्नुपर्ने हुन्छ र केहि चिजमा हेरचाह गर्नुपर्दछः  -

  • मादक पदार्थहरूको सेवन नगर्नुहोस् जसमा अल्कोहल समावेश छ र धुम्रपानबाट टाढा रहनुहोस।
  • हेपाटाइटिस जस्तो रोगको लागि खोप लिनुहोस्।
  • सेक्स गर्दा कन्डम प्रयोग गर्नुहोस्।
  • बिसालु रासायनिक पदार्थ बाट शरीरको छाला लाई बचाउनुहोस।

कलेजो बिगृय के गर्ने?

  • यदि कसैको कलेजोमा कुनै समस्या छ भने, तुरुन्तै डाक्टरकोमा जानु पर्छ किनकि समय लगाउदा कति समस्या आउँछ भनेर थाहा हुँदैन, त्यसकारण डाक्टरलाई सबै कुरा खुला रूपमा  बताउनु पर्छ। 
  • डाक्टरले भने अनुसर हरेक परीक्षण गर्नुपर्दछ, किनकि रगतमा कुनै पनि प्रकारको रोग पत्ता लगाउन विभिन्न तरको परीक्षणहरू गर्नु पर्दछ, जस्ले कलेजोको संक्रमण पत्ता लगाउन सकिन्छ।
  • यदि समस्या अधिक छ भने बायोप्सी परीक्षण गरिन्छ। जसको क्रममा तपाईंको कलेजोको सानो टुक्रा निकालिन्छ र जाँच गरिन्छ। जसबाट कलेजोमा भएको नोक्सानको पत्ता लाग्छ र उपचार गरिन्छ।

कलेजो खराब हुदा गरिने उपचार।

यदि तपाईं सहि साधारण खाना खानुहुन्छ भने, कलेजोमा चाँडो कुनै समस्या आउदैन, तर केहि रोग लागेको छ भने पनि कलेजो खराब हुन सक्छ, तर जब तपाइलाइ कलेजो सम्बन्धि कुनैपनि नराम्रो लक्षण देखिन्छ तत्काल उपचार गराउर्नुपर्छ।

  • यदि भाइरसको कारण कलेजोमा कुनै समस्या छ भने, भाइरस शरीरमा निष्क्रिय नभय सम्म डाक्टरको सल्लाह अनुसार उपचार लिहि रहनुपर्छ ।
  • यदि लामो समय देखि कलेजोमा समस्या आएको छैन भने पनि बेला बेला अस्पताल गएर कलेजोको चेकजाँच गराउनु पर्छ।
  • यदि कलेजोमा लामो समयदेखि खराबी आएको छ भने डाक्टरकोमा जानु पर्छ र राम्रोसङ उपचार लिनुपर्दछ। ताकी  कलेजोको कति भाग बिग्रेको छ थाहा होस र त्यो अनुसार उपचार गर्नु पर्छ।
  • यदि कलेजो पुर्ण रूपमा बिग्रिएको छ भने तपाईले कलेजो ट्रान्सप्लान्ट गराउन सक्नुहुन्छ। लिभर ट्रान्सप्लान्टेसन एउटा साधारण प्रक्रिया हो जुन प्रायः सफल हुन्छ।

कलेजो बलियो कसरी राख्ने?

बोसो युक्त अनि चिल्लो र सुगर युक्त पदार्थहरू कम खानुहोस् - यदि तपाईंले धेरै चिनी र बोसोयुक्त पदार्थहरू धेरै सेवन गर्नुभयो भने तपाईंको कलेजोमा चाँडै समस्या आउनसक्छ, त्यसइले असंतुलित आहार खान कम गर्नुपर्छ नत्र भने कलेजोमा बोसो जम्नुको कारणले कलेजोमा हानी हुन सक्छ।

फलफूल र पात्तेदार तरकारीहरू खानुहोस् -

 यदि तपाईंले राम्रो फलफूल र पात्तेदार तरकारीहरू खानुहुन्छ जस्तै: स्याउ, फलफूलको स्मूदी वा जुस, गाजर, टमाटर, तरबूज, पपीता, अङगुर, बदाम, अमरूद, धनिया, चुकन्दर, लसुन, अखरोट र  अधिक हरियो पात्तेदार तरकारीहरू उपभोग गर्नुभयो भने कलेजो सधैं सही हुन्छ। ये पदर्थमा सल्फरको अधिक मात्रा हुन्छ जसले विषाक्त पदार्थहरूलाई छिटो बाहिर निकालेर कलेजोलाई सफा राख्छ।

हप्तामा एक दिन तरल पदार्थ मात्र सेवन

व्रत बस्नु कलेजोलाई सफा राख्ने उत्तम तरिका हो, यदि तपाई ब्रत बस्नुहुन्न भने हप्तामा एक दिन तरल पदार्थ मात्र सेवन गर्नुहोस, यसले कलेजोलाई आराम दिन्छ र  पाचन पनि राम्रो हुन्छ।

बिहान मन्तातो पानीमा केही बेसार मिलाएर पिउनुहोस्

यदि तपाईंले बिहान खाली पेटमा अलिकति बेसार तातो पानीमा मिसाएर पिउनु भयो भने कलेजोमा चाँडै कुनै किसिमको रोग लाग्दैन र लागेको रोग पनि निको हुन्छ।

उचित व्यायाम गर्नुहोस्

यदि तपाईं कलेजो राम्रो राख्न चाहानुहुन्छ भने हरेक बिहान कम्तिमा ३० मिनेट व्यायाम गर्नुपर्दछ र खाना खाइसके पछि केहि समय हिंड्नुपर्छ, तर याद राख्नुहोस खाना खाने बित्तिकै दौडने र भारी काम भने गर्न हुदैन।

कागतीको सेवन -

 यदि तपाईं दिनमा एक पटक कागती खान्नुहुन्छ, जस्तो कि लेमन टि, सलाद वा पानीमा कागती मिक्स गरेर आदिले कलेजो सफा गर्न धेरै राम्रो मदत गर्छ।

यस पोस्टमा हामीले थाहा पायौं कि कलेजो संक्रमणका कारण, कलेजो सुदृढीकरणको उपायहरू, कलेजोको औषधि, कलेजोको लागि खाना, कलेजोको उपचार, कलेजोमा संक्रमणको लक्षण, केहि कारण कलेजो संक्रमीत भएमा के गर्ने? आदि यदि यस पोस्ट बारे कुनै प्रश्न वा सुझावहरू छन् भने कृपया प्रतिक्रिया दियर सहयोग गरिदिनु होला र यस पोस्टलाई सेयर गर्न नभुल्न होला।


एक टिप्पणी भेजें

0 टिप्पणियाँ