पानी कहिले र कसरी पिउने? When and how to drink water.

पानी कहिले र कसरी पिउने?

मानव शरीरमा ६०% भन्दा बढि पानी हुन्छ, यसैले शरीरलाई स्वस्थ राख्नको लागि पानी धेरै महत्त्वपूर्ण छ। आज-भोलि  यो सबकुरा थाहा भयर पनि ९९% भन्दा बढि मानिसहरु गलत तरीकाले पानी पिउँछन्। जसको कारणले  पानीको फाइदा लिनुको सट्टा शरीरमा रोग र विभिन्न समस्या देखा परिरहेका छन। पानी गलत तरिकाले पिएमा हाम्रो शरीर विभिन्न प्रकारका रोगहरूको शिकार बन्छ।  जस्तै पाचन प्रक्रियामा कमजोरी, जोर्नि दुखाइ, माइग्रेन, छाला रोग, कपाल झर्ने, सुस्ती, मिर्गौला र हृदय रोग आदि।

पानी हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण छ, पानी बिना, हामी खानाबाट समेत पौष्टिक तत्वहरू प्राप्त गर्न सक्दैनौं, तर पानी यति महत्त्वपूर्ण र लाभदायक छ, यसको मतलब यो होइन कि जब तपाईं पानी पिउन चाहनुहुन्छ तब र जति पिउन मनछ तेति पिउनु राम्रो हो। यो पोष्टमा सम्पुर्ण जानकारी प्रष्ट गर्नेछौं। पानी पिउने सही तरिका के हो र कति पानी पिउनुपर्दछ।

१. खाना खानु अगाडि र खाइ सकेपछि पानी पिउनुहोस्।

खाना खाएपछि तुरुन्तै पानी पिउनु धेरै व्यक्तिको बानी नै हो, तर उनीहरूलाई यो विधि सही वा गलत हो भनेर थाहा छैन। यो आयुर्वेदमा विषको बराबर मानिएको छ। जब हामीले खाना खान्छौ तब हाम्रो शरीरको तापक्रम बढ्छ ताकि पाचन प्रक्रिया राम्रोसँग हुनको लागी। यदि हामी खाना खाएपछि तुरुन्तै पानी पिउँदछौं भने हाम्रो पेटको रस पातलो हुन्छ, जसको कारण पाचन राम्रोसँग हुन सक्दैन, जब खाना राम्रो सङ पचदैन र खाना सड्छ। यसबाट पौष्टिक तत्वहरू शरीरमा संचालित हुन पाउदैन भने। त्योको कारणले शरीरलाई ग्यास, अपच, कब्ज र शरीर सुन्निने जस्ता समस्याहरू हुन थाल्छ। तपाईले सुन्नुभएको होला 'म धेरै खाना खान्छु तर मेरो शरीरमा लाग्दैन वा शरीर पातलो छ', 'म धेरै पानी पिउँछु तर पनि मेरो तौल घटेको छैन', त्यसैले खाना खाएपछि जतिसक्दो लामो समय सम्म हुन्छ पानी नपिउनु होस कम्से कम खाना खायको ३० मिनेट सम्म। खाना खाइसकेपछि तपाईं कुल्ला गर्न सक्नुहुन्छ, यसले तपाईंलाई पानी नपि बस्न मद्दत गर्दछ।

२. चाँडो चाँडो पानी पिउनु।

आजकलका मानिसहरु बेस्त जीवनमा धेरै चाँडो पानी पिउँदछन्। तपाईं यो कुरा थाहा पायर अचम्म लाग्ला कि तपाईंको शरीरमा पानी पिउने तरिकाले धेरै फरक पार्छ, यदि तपाईंले पानी छिटो छिटो पिउनु भो भने शरीरले यसलाई अपनाउन सक्दैन र कुनै माद्यम बाट पानी बाहिर निस्कन्छ। जस्तै धेरै पिसाब लाग्ने बान्ता हुने आदि र यो कहिले पनि फाइदाजनक हुदैन। यस बाहेक हाम्रो पेटमा एसिड र र्‍याल हुन्छ जस्को मद्दतले पेटमा खाना पच्दछ। आधारभूत हो, जब हामी एक पटक मा धेरै पानी पिउँछौ तब पेटमा भयेको र्‍याल र एसिड मिसिन पाउदैन र पेटमा एसिडिटी शुरु हुन्छ। त्यसैले धेरै पानी पिउँदा मानिसको वजन घट्दैन, झन ACDITY बृद्धि हुन्छ। पानीलाई हल्का रूपमा बिस्तारै पिउनुहोस् ताकि र्‍याल मिसाइ पेटमा एसिड सङ घुलमिल हुन सजिलो होस। जस्ले ACIDITY समस्या कहिले हुँदैन। त्यसैले सदै पानी पिउन गिलासको प्रयोग गर्नुहोस। सानो मुखको बोतलबाट पानी पिउँनुहुन्न।

३. चिसो पानी पिउनु।

के तपाईं गर्मीमा बाहिरबाट आउनुहुन्छ र फ्रिजबाट सिधा पानी पिउनुहुन्छ, यदि तपाईं पिउनुहुन्छ भने, तपाईंलाई सम्भवतः यसको नोक्सानको बारेमा थाहा छैन, फ्रिजको चिसो पानी पिउँदा तपाईंको घाँटीमा समस्या त आउछनै, यसले तपाईंको पाचन प्रक्रियामा पनि धेरैनै हानी गर्दछ। चिसो पानी पिउदा रक्त नलीहरूमा चिसो पानी लाग्छ र नसा हरु खुम्चिनु र रगत जम्छ पेट तथा शरीरको भित्री भगमा हुने भयकाले हामीले थाहा पाउदैनौ। कतिपय समयमा अनुभव पनि गरेको होला चिसो पानी पिउदा पेट दुखेको,अप्ठ्यारो महसुस भयको, हामीले अनुभव नगरे पनि येस्ले धेरै हानी गरिरहेको हुन्छ, जस्को असार लामो समय पछि देखिन्छ। येस्ले खानामा फ्याट फ्रीज गर्दछ जस्ले गर्दा अपच हुन्छ, र चिसो पानी पिउँदा तपाईंको जोर्नीहरूमा पनि दुखाइको समस्या हुनसक्छ। त्यसैले यदि तपाईं मन्तातो पानी पिउन सक्नुहुन्छ भने यो धेरै राम्रो हुन्छ तर धेरै  गर्मीमा तातो पानी पिउनु राम्रो हुँदैन, त्यसकारण तपाईं माटोको भाँडोको पानी राखेर पिउनु धेरै राम्रो हुन्छ। माटोको भाँडोले तपाईंको पानीलाई प्राकृति रूपमा  शीतल बनाउँछ यो शरीरको लागी धेरै लाबदायक हुन्छ।

४. धेरै पानी पिउनु।

केही व्यक्तिहरूको बानी हुन्छ कि उनीहरूले धेरै पानी पिउँछन् यो सत्य हो कि हाम्रो शरीरलाई पानी चाहिन्छ, तर यसको मतलब यो होइन कि तपाईं दिनभर पानी मात्र पिउनु। धेरै पानी पिउँदा शरीरको तरल पदार्थ पातलो हुन सक्छ र कोषहरू पानीले भरिन थाल्छन्। यदि दिमागमा कोषहरू पानीले भरिए भने त्यहाँ धेरै नोक्सानि हुन सक्छ, त्यसैले तपाईंलाई तिर्खा लाग्यो भन्दैमा यकैचोटी धेरै पानी नपिउनुहोस्। पहेंलो पिशाब, र ओठ फुट्नु दुबै तपाईको शरीरमा पानीको अभाव भएको संकेत हो तेसैले दिनमा धेरै पटक तर थोरै थोरै (एकपटकमा एक गिलास मात्र) पानी पिउनु उपयुक्त हुन्छ।

५. उठेर पानी पिउनु

आजकल मानिसहरू यस्तो हतारमा बाँचिरहेका छनकि उनिहरू उभिएर पानी पिउने त कुरै छोडाै मानिसहरू हिंड्दै गर्दा पानी पिउँछन् तर त्यसो गर्नु स्वस्थको लागी धेरै हानिकारक हुन्छ। जब हामी उभिएर  पानी पिउँछौं, हाम्रो मिर्गौलाले पानी ठीकसँग फिल्टर गर्न सक्दैन र यदि तपाईंको मिर्गौलाले राम्रोसँग पानी फिल्टर गरेर फोहोर बस्तु लाई बाहिर फाल्न सफल भएन भने यसले शरीरमा १०० प्रकारको रोग निम्त्याउँछ। उठेर पानी पिउँदा शरीरको तरल पदार्थ सन्तुलन बिग्रन्छ, जसले गठिया(गाड) रोग हुने सम्भावना बढाउँदछ, त्यसैले सकेसम्म आरामसङ बसेर पानी पिउनुहोस्। हिंड्दै गर्दा वा हतार गरेर पानी पिउने बानी आजैदेखि  बन्द गर्नुहोस्।

यी थिए हामीले पानी पिउँदा गर्ने गल्तिहरु। आउनुहोस् अब जानौ कहिले, कुन भाँडोमा, कति पानी पिउनु फाइदाजनक छ र हाम्रो शरीरले पानीको अत्यधिक फाइदा लिन सकीन्छ।

१. कहिले पानी पिउनु पर्छ?

जब तपाईलाई केहि पिउन मन लाग्छ, तपाईले पानी पिउनु पर्छ।एक पटक बिहान जब तपाईं उठ्नुहुन्छ, पानी पिउनुहोस्, जुन हामीले पहिले नै तपाईलाई बताएका थियौं कि कसरी पानीमा र्‍याल मिसिन्छ र पाचनमा सहयोगको लागि पेटमा जान्छ। यो वैज्ञानिक रुपमा प्रमाणित छ कि बिहानको पहिलो र्‍याल प्रभावकारी छ, त्यसैले हरेक बिहान उठेर ब्रश गर्नु अघि पानी पिउनुहोस्, र अर्को कुरा तपाईले खानु भन्दा ४० मिनेट र खाना खाएको १ घण्टा सम्म पानी पिउनु हुँदैन।

२. हामीले कति पानी पिउनुपर्दछ?

एकदिनमा कति पानी पिउने यो मानव शरीरमा निर्भर गर्दछ जस्तै मानव शरीरको वजन कति छ, उसको दैनिक तालिका के हो र उसको शरीरको प्रकार कस्तो छ र हामीले यो पनि जान्नुपर्दछ कि हामीले फल र तरकारीबाट पानी पाउँछौं, यसैले फिक्स यति  मात्रा भन्नु ठीक हुँदैन, सामान्यतया एक व्यक्तिले दिनमा दुई वा तीन लिटर पानी पिउनु पर्छ।

३. कुन भाँडामा पानी पिउने?

तपाईं कुनै पनि भाँडामा पानी पिउन सक्नुहुन्छ, तर यदि तपाईं कुनै तामाको भाँडोमा राखिएको बासी पानी पिउन सक्नुहुन्छ भने यसको फाइदा धेरै राम्रो हुन्छ। त्यसैले तपाईं रातमा सुत्नु भन्दा अगाडि एउटा तामाको भाँडामा पानी राख्नुहोस र बिहान उठेपछि यसलाई पिउनुहोस् तर कुनै पनि धातुको भाँडोमा हालेर पानी पिउँनुहुन्न। आयुर्वेदमा तामाको भाँडोमा राखिएको बासी पानी पिउनु अमृतजस्तै मानिन्छ। लगातार ३ महिनासम्म तामाको भाँडोमा पानी पिउनु र यसलाई एक महिनाको लागि रोक्दा तपाईंलाई धेरै फाइदा मिल्नेछ।

पानी प्रकृतिले दिइएको वरदान हो, त्यसैले यसलाई सहि तरिकाले पिउनुहोस् र सहि प्रयोग गर्नुहोस्। यस पोष्टमा, कहिले र कसरी पानी पिउनुपर्दछ, बिहान कति पिउनुपर्दछ, २४ घण्टामा कति पानी पिउनुपर्दछ? प्रति दिन कति लिटर पानी पिउनु पर्छ? पानी पिउने तरिका को जानकारी थियोे। यो पोस्ट तपाईंलाई कस्तो लाग्यो सल्लाह,सुझाव दिन नभुल्नु होला।


एक टिप्पणी भेजें

0 टिप्पणियाँ